३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ३०० ले घटेको छ । प्रतितोलामा तीनसयले घटेर ९८ हजार ५०० मा तोकिएको छ । पहेँलो धातु हिजोको तुलानामा तोला ९८ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजारमा कारोबार भएको छ । मङ्गलबार तोला ९८ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य हिजाको कारोबार मूल्यका तुलनामा प्रतितोला रु ५ ले घटेर १ हजार ३३५ पुगेको महासङ्घले जानकारी गराएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९१९ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी गराएको छ ।