आर्थिक अभाव कमजोर हुदा सात वर्षदेखि पशु झैँ खोरमा राख्न बाध्य

काठमाडौँ । भोजपुर जिल्लामा आफ्नै सन्तानलाई काठको खोरमा राख्ना बाध्य भएका छन् । भोजपुरको साल्पासिछो गाउँपालिका २ का ३३ वर्षीय डेगराज चौहानलाई विगत ७ वर्षदेखि खोरमा राख्दै आएका छन् । भने ३७ वर्षीय डम्वर चौहानलाई २ वर्षदेखि घरभन्दा पर खोरमा राख्न थालिएको छ । मानसिक सन्तुलन गुमेका उनीहरुको उपचार गर्न नसकेपछि परिवारले घरभन्दा पर बनाइएको खोरमा राख्न थालिएको बताएका छन् ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि दुबै छोरालाई खोरमा राख्नुपरेको बुबा छत्रबहादुर चौहानले बताए । छोराको अवस्थाले आफूलाई विक्षिप्त बनाएको गुनासो गरेका छन् । छोरालाई खोरमा थुन्नुको विकल्प नभएको बताउँदै उनले भने आर्थिक अवस्था कमजोर भएकाले छोरालाई पेटभरि खुवाउनसमेत नसक्ने अवस्था रहेको बताए ।

चौहानले भने आर्थिक अवस्था कमजोर छ । उपचार गर्ने पैसा छैन । कमाएर ल्याउने छोराहरुमा मानसिक रोग छ । उनीहरुलाई सम्हालेर राख्न नै समस्या छ । खोरमा राखेन भने अनेक उपद्रो गर्छन्आ भन्दै गुनासो सुनाएका छन् । आफ्ना छोरा हुन्, माया त लाग्छ नि तर पनि पशु झैँ खोरमा राख्नु परेको अवस्था छ । उनीहरुलाई घरको सिकुवामा काठको खोर बनाएर राखिएको छ । छोराहरुलाई खोरमा राख्नु पर्दा आफूलाई धेरै पीडा हुने बुबा छत्रबहादुरको भनाइ रहेको छ ।

उपचारका लागि थुप्रै अस्पताल डुलाएँ केही सीप नलागेको भन्दै उनले घरको आर्थिक अवस्था कमजोर भएको बताए । उपचारमै पैसा सकियो । अहिले छोरालाई फेर्ने कपडा समेत छैन । एउटै कपडामा महिनौ बिताउँछ । उपचारका लागि कोसिस गर्दागर्दै भएको केही सम्पत्ति पनि सकियो । अब उनीहरुलाई खोरमा थुनेर टुलुटुलु हेर्नुको विकल्प नभएको चौहान बताएको छ ।

सरोकारवाला पक्षले उपचारका लागि सहयोग गरी दिन्छन् कि भन्ने आशा भएको चौहानले बताए । काठमाडौँमा रहेको पाटन अस्पतालमा उपचार गराएको भए पनि रकम अभाव भएपछि उनीहरुलाई घरमा ल्याएर राखेको बुबा चौहानले बताए। उनीहरुलाई नियमित रुपमा औषधि खुवाउन नसकेका कारण झनै समस्या भएको उनको भनाइ छ ।

साल्पासिलिछो गाउँपालिका उपाध्यक्ष धनमाया राईले आर्थिक अभावमा उपचारबाट वञ्चित भएका चौहान दाजुभाइको पहिचान भएकाले अब चाँडै अपाङ्गता परिचयपत्र बनाएर सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताइएका छन् । छत्रबहादुर चौहाको आर्थीक अवस्थाका बारेमा हामीलाई जानकारी भएपछि आवश्यक सहयोगमा जुटेका उपाध्यक्ष राईले बताइएका छन् । उनीहरुलाई राज्यबाट पाउने सुविधा दिलाउन प्रक्रिया अघि बढाएका राईले जानकारी गराएको छ ।