२६ वर्षमा अर्वाैं सकियो तर बागमती अहिलेपनि ढलमती कै रुपमा : हेर्नुस् १२ तस्वीर

काठमाडौं । सुन्दर बागमतीमा ढल मिसाउन थालेपछि विग्रँदै गएको बागमतीको अवस्था अहिले झन् जटिल देखिएको छ । पशुपति आर्यघाटमा १० मिनेट पनि धैर्य गरेर उभिन सक्ने अवस्था छैन । दूर्गन्धका कारण पशुपति दर्शनार्थी मात्र होइन मलामी गएकाहरु पनि त्यही बेहोस भएर ढल्ने हो कि भन्ने आशंक पैदा हुन्छ ।

बागमीत सुधार गर्नका लागि २०५२ सालमा स्थापना गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २६ वर्षको अवधिमा पनि बागमतीलाई पुरानै रुपमा फर्काउन सकेन ।