सुनको मूल्य फेरी उकालो लाग्दै

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३०० मा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तोला ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला ८०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य तोला ९९ हजार ८०० मा कारोबार भएको महासङ्घले जानकारी गराएको छ । छापावला सुनको मूल्य शुक्रबार प्रतितोला ९९ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले बढेर १ हजार ३६५ पुगेको महासङ्घले जानकारी दिइएका छन् । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा  महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ९४७ डलरको आसपास कारोबार भइरहेको बताएका छन् ।