काठमाडौं महानगरपालिकाको उपमेयरमा गठवन्धनबाट ईश्वरमान डंगोल र एमालेका तर्फबाट हिरादेवीको सम्भावना

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदारीका लागि चहल पहल पनि बढ्दै गईरहेको छ । विशेष गरी नेकपा एमालेलाई धक्का दिने भन्दै सरकार निर्माण गठवन्धन गरेको नेपाली कांग्रेस, समाजवादी तथा माओवादी पार्टी सक्रिय भएर लागेको देखिन्छ । तर एमालेले कसैसँग गठवन्धन नगरी एक्लै प्रतिष्पर्धा गरेर निर्वाचन लड्ने योजना बनाईरहेको छ ।

स्थानीय तहको निर्वाचनको रौनक बढिरहेका बेला काठमाडौं महानगरपालिकामा मेयर पदका कांग्रेसबाट प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहको नाम अघि सारेको देखिन्छ भने उपमेयरमा हरिप्रभा खड्गीलाई नै पुन दोहो¥याउन लगाउने तयारी पनि कांग्रेसले गरिरहेको छ । नभएर गठवन्धनलाई बलियो बनाउने हो भने समाजवादीका तर्फबाट महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोललाई उठाउने गठवन्धनको योजना रहेको देखिन्छ ।

त्यस्तै नेकपा एमालेबाट भने पूर्व मेयर केशव स्थापितको नाम चर्चामा देखिन्छ भने वर्तमान मेयर विद्यासुन्दर शाक्यलाई पनि मेयर दोहो¥याउनु पर्दछ भन्ने अधिकांशको माग बढिरहेको छ । सम्पदा पुर्ननिर्माण, भाषा संरक्षण, भौतिक पूर्वाधारका क्षेत्रमा धेरै काम भएको भएपनि केही काम अझै वाँकी रहेकाले शाक्यलाई उठाउनु पर्ने माग नेकपा एमालेका युवा पुस्ताको छ । त्यस्तै नेकपा एमालेबाट उपमेयरमा भने वडा नं. ३२ मा सक्रिय रुपमा काम गर्दै आईरहेकी वडा सदस्य हिरादेवीको चर्चा चलेको छ ।

वडा नं ३२ मा विगत पाँच वर्षको मूल्यांकन गर्दा अध्यक्ष भन्दा पनि बढि खटिएर वडाबासीको घरदैलो पुग्ने र समस्या पहिचान गरी समाधान गर्नका लागि पोखरेलको भूमिका निकै नै राम्रो देखिएको थियो । काठमाडौं महानगरपालिकाको उदेश्य अनुरुप विकास निर्माणका कार्यमा महिला सहभागिताका लागि शसक्त पुगिका निर्वाह गर्दै आईरहेकी हिरादेवी पोखरेललाई ३२ वडामा नै अध्यक्ष बनाउनु पर्ने स्थानीयबासीहरुको माग छ । तर एमालेले भने अघिल्लो पटक निर्वाचित नवराज पराजुलीलाई नै अध्यक्ष उठाउने करीव करीव निष्कर्ष गरेको देखिन्छ ।

यदि वडा नं ३२ मा नवराज पराजुलीलाई वडामा पुन अध्यक्ष उम्मेदवार बनाउने हो भने अहिले निर्वाचित वडा सदस्यहरु मध्ये शसक्त, जनताको विश्वास लिएर काम गरिरहेकी हिरादेवीलाई उपमेयरमा उठाउने हो भने काठमाडौंको उपमेयर पदमा एमालेको जित पल्लाभारी नै हुने देखिन्छ । गठवन्धनले उठाएको उम्मेदवार भन्दा एमालेले एक्लै उठाएको उपमेयर हिरादेवी महानगरका लागि साँच्चै हिरा वन्न सक्ने विगतको उनको कामले पुष्टि गर्दछ ।

ताजा अपडेट