वैशाख ९ देखि साउदी अरेबियाको रियादमा वायुसेवा निगमले उडान भर्ने

काठमाडौँ । वायुसेवा निगमले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा उडान गर्ने भएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सले यही वैशाख ९ गते ९२२ अप्रिल २०२२० देखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ ।

वैशाख ९ गतेदेखि निगमले रियाद गन्तव्यमा उडान सेवा सञ्चालन गर्नेभएको छ । निगमका लागि निकै गौरबको विषय हो, लामो प्रयासपछि निगमले साउदी अरेवियाका विभिन्न गन्तव्यमा पनि उडान अनुमति पाएको हो । अन्य गन्तव्यमा पनि उडान विस्तार गर्ने योजना भएको कार्यकारी अध्यक्ष अधिकारीले बताएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी गराएको छ ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरीटी अफ सिभिल एभिएसन्स्ले त्यहाँका तीनवटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ गतेदेखि काठमाडौं रियाद काठमाडौं सातामा दुई उडान गर्ने भएको छ ।

उडान अनुमति लिनका लागि निगमका कार्यकारी अध्यक्षसहितका कर्मचारीहरू गत फागुन तेस्रो साता साउदी अरेबिया पुगेर अनुमतिको प्रक्रिया थालनी गरेका थिए । सातामा ३ दिन उडान गर्ने योजना रहेपनि हाललाई सातामा दुई र छिट्टै सातामा नियमित तीन उडान गरिने भएकोे छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको पहल एवम् निर्देशन बमोजिम निगमले रियाद गन्तव्य विस्तार गर्न सफल भएको जानकारी रहेको छ ।