तोलामा ३०० ले बढ्यो सुन

काठमाडौँ । नेपाल सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य तोला ३०० ले बढेर १ लाख ९०० मा कारोबार भएको छ । पहेँलो धातु अघिल्लो दिनको तुलनामा तोलामा १ लाख ६०० मा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोला १ लाख ४००मा कारोबार भएको जानकारी गराएको छ । सुनको मूल्य अघिल्लो दिन तुलनामा तोलामा १ लाख एक १०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने अघिल्लो दिनको कारोबार मूल्यका अनुसार प्रतितोला ५ ले घटेर १ हजार ३८० मा आएको महासङ्घले जानकारी गराएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस १ हजार ९५२ डलरको आसपास कारोबार भइरहेको जानकारी छ ।