औद्योगिक क्षेत्रको अक्सिजन प्लान्टमा विस्फोट १ को मृत्यु ५ घाइते

काठमाडौँ । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४५ वर्षीय जिजु महतो रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी गराएको छ । अक्सिजन प्लान्टमा विस्फोटमा परी ५ जना घाइते भएको छ । भने १ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिएका छन् ।

अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएका छन् । घाइतेहरूलाई अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताएका छन् । प्रहरीले प्लान्टमा कार्यरत अन्य श्रमिकलाई उद्धार गरिरहेको छ ।

अक्सिजन प्लान्ट विस्फोट घटनाको छानबिन गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । खाँणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन गर्न निर्देशन दिएका छन् ।