एक लाख ५० हजारसहित अधिकृत अख्तियारको नियन्त्रणमा

काठमाडौँ । ताप्लेजुङका प्रमुख मालपोत अधिकृत लेखा पनेरु महतलाई जिल्ला मालपोत कार्यालय अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ । अख्तियारको टोलीले महतलाई सोवाग्राहीबाट लिएको १ लाख ५० हजारसहित नियन्त्रणमा लिएको छ ।

बाबुका नामको जग्गा दाखेल खारेज गरी नयाँ लगत दर्तासहित छोराका नाममा पास गरिदिएबापत सेवाग्राहीबाट १ लाख ५० हजार रकम लिएको अभियोगमा पनेरुलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताएका छन् । फुङ्लिङ वडा नं ४ स्थित एक घरबाट सेवाग्राहीबाट लिएको रकम उक्त रकमसहित नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिइएको छ ।

उनले गत साउन महिनाबाट चलाइएको यस प्रक्रियामा सम्बन्धित धनीलाई कागजात बुझाउन बाँकी रहेको अवस्थामा आर्थिक लेनदेन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अख्तियारले जानकारी गराएको छ ।