महिलालाई जबरजस्ती करणी गर्ने युवा पक्राउ

काठमाडौं । नयाँबसपार्कको गेष्ट हाउसमा ५३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुरु प्रसाद बिसीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका ३ बस्ने २४ वर्षीय गुरु प्रसाद बिसी रहेका छन् । उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

गुरु प्रसादले ती महिलालाई काठमाडौं महानगरपालिका २६ नयाँबसपार्कस्थित गेष्ट हाउसमा लगी जबरजस्ती करणी गरेको भने खबर पाएलगतै प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । घटनाबारे गुरुप्रसाद माथी प्रहरीले अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।