सुन र मोबाइलसहित ३ जना नागारी पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र आइफोन मोबाइलसहित ३ जना नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हिमालय एयरलाइन्समार्फत दुबईबाट काठमाडौं आएका सिरहा मिर्चैया नगरपालिका २ का सुमन कुमार कापर, दाङ् , रोल्पा त्रिवेणी गाउँपालिका ३ का खेमराज डाँगी र तुल्सिपुर उपमहानगरपालिका ६ का प्रताप चौधरी रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले बताएका छन् ।

भन्सार छलि गरी लैजाँदै गरेको अवस्थामा उनीहरुको साथबाट ४ थान आइफोन मोबाइल र ८ लाख ६५ हजार ४६ रुपैयाँबराबरको सुनसहित बरामद गरेको सुरक्षा कार्यालयले जानकारी दिइएको छ ।