सम्पादक राईको नाममा अक्षय कोषको स्थापना

काठमाडौं । प्रभाव राष्ट्रिय दैनिकका सम्पादक स्वर्गीय कमलराज राईको नाममा अक्षय कोषको स्थापना गरिएको छ । आइतबार लोकतोन्त्रक दिवसको अवसरमा स्वर्गीय राईको जीवनसंगी लालसरा राईले ओखलढुंगाको माने भञ्ज्याङ ३ साबिकको उबु गाउँमा उहाँ पढेको श्री रँज्यलक्ष्मी माध्यमिक विद्यालयमा १ लाख १ हजार १०० एक रुपैंयाको स्मृति कोष स्थापना गरेकी हुन् ।

२०७८ माघ २० गते उपचारको क्रममा काठमाडौँ मित्रपार्कस्थित नेपाल, भारत मैत्री अस्पतालमा हृदयाघातबाट सम्पादक स्व.कमल राज राईज्यूको निधन भएको थियो । उनको जन्म वि.स. २०३२ फागुन एक गते ओखलढुंगाको मानेभञ्ज्याङमा ३ साबिकको उबु गाउँमा भएको थियो । भने उनी पिता स्व. शरण बहादुर राई र आमा पञ्जमति राईका कान्छा छोरा थिए । स्वर्गीय राईकी श्रीमतीले स्वर्गीय राईकी आमा पञ्जमति राईको रोबरमा विद्यालयका शिक्षकशिक्षिका,अभिभावक एवम् विद्यँर्थीहरुको उपस्थितिमा सो विद्यालयको प्रधानाध्यापकलाई सो रकम प्रधान गरेकी हुन् ।

स्वर्गीय राईको जीवनसंगीले भनिन्उ नका बाँकी रहेका सबै इच्छा पुरा गर्नुछ, उहाँको एउटा इच्छा आफू पढेको विद्यालयमा अक्षय कोष स्थापना गर्नु थियो । पछिल्लो समयमा उहाँले आधुनिक समयअनुसार आम जनतालाई सुचिकृत गर्ने हेतुले प्रभावअनलाइन डटकम र प्रभाव टेलिभिजनको स्थापना पनि गर्नु भएको छ ।

उहाँले व्यवस्थापन संकायबाट स्नातक गरेता पनि पत्रकारीता जगतलाई अझ प्रष्ट र शिष्ट पार्न आम सञ्चारमा स्नातक गर्नुभयो । पत्रकारीता पक्षलाई अझ सक्षम र सबल बनाउन पत्रकारीतामै रत्न राज्य लक्ष्मी क्याम्पसमा अध्ययनरत स्नाकोत्तरको चौथो सेमेस्टरको पक्षिा दिई उहाँ परीक्षाफलको पर्खाइमा हुुनुहुन्थ्यो ।