फुर्सद भएको बेला केपी ओलीलाई ट्युसन पढाउँछु : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी शर्मा ओलीलाई बालकोटमै गएर ट्युसन पढाउँने बताएका छन् । महामन्त्री थापाले घोषणा पत्रमार्फत् नेकपा नेतृत्व सरकारको आलोचना गरेपछि केपी शर्मा ओली सन्केर पागल भनेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनमा जिल्ला सम्पर्क समितिहरुको भूमिका विषयक कार्यक्रममा बोल्दै उनले घोषणा पत्रमा सत्य तथ्य कुरा लेखेको बताए ।

उनले फुर्सद भएको बेला बलाकोटमै पुगेर ओलीलाई ट्युसन लिने बताए। ओलीले मलाई चोर्यो चोर्यो भन्नुहुन्छ। हिजो पनि चोर्यो भन्नुभयो। अहिले चुनावको बेला छ। उहाँलाई पनि फुर्सद छैन, मलाई पनि फुर्सद छैन। उहाँ अध्यक्ष, म महामन्त्री । अलिकति भ्याएको बेला बालकोटै गएर ट्युसन पढाउँछु, उनले भने, ट्युसन पढाउनैपर्ने भाछ । मेरो समृद्धको कुरा चोर्देला चोर्देला भनेर नबस्नुस्। तपाईँको आइडिया तपाइसँगै राख्नुस। न मलाई चोर्नुछ, न कांग्रेसको साथीलाई चोर्नुछ। समृद्धि तपाईँकै आइडिया हो।

महामन्त्री थापाले भने ओलीलाई कोही आँट भएको मान्छेले तपाईँ झुट बोल्दै हुनुहुन्छ भन्यो भने, सनक्क सन्केर पागल भन्नुहुन्छ। पहिले सुशीला कार्की, गोविन्द केसीलाई पनि पागल भन्नुभएको थियो।

थापाले भने, ओलीको झुटलाई ठीक हो भन्ने कुरा भएन। बुढा बा धेरै सनक्क सन्किँदा शरीरलाई कहिलेकाहीँ अफ्ठ्यारो पर्न सक्छ, । उनले भने, मैले केपी ओलीले मुख छाड्ने कुरा नयाँ भएन भने। जसको मुखमा अंगार छ, उसले ओकल्ने कला हो ।