आठ सयले घट्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोला आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँमा करोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य आज तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन चाँदी महासंघले जानकारी गराएको छ । आइताबार छापावाल सुनको मूल्य तोलामा ९९ हजार र तेजाबी सुनको मूल्य ९८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य तोला १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय रुपैयाँ रहेको थियो ।