रक्तदान र निशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । तिरपुरेश्वरमा जस्मिन फिटनेसको रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विगत १४ वर्षदेखी शारिरिक फिटनेसको क्षेत्रमा अघि बढीरहेको जस्मिन फिटनेसले विभिन्न समयमा जनचेतनामुलक कार्यक्रमसँगै विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको छ ।

सोहि अन्तर्गत जस्मिनले सनिबार निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । स्वास्थ्य शिविरमा मधुमेह रोगको टेस्ट,ब्लडटेस्ट, इसीजी, रक्तदान लगाएतका कार्यक्रम भएको थियो ।

फिटनेश आफैं स्वास्थ्यसँग सम्बन्धित भएकाले वयोधा हस्पिटलसँग सहकार्य गरेर अघि बढेको जस्मिन फिटनेसका डाइरेक्टर रमेश जलनले बताएका छन् । वयोधा हस्पिटलसँग सहकार्य गर्दा फिटनेस सेन्टर र वयोधाका सदस्यहरुबिच सेवामा उचित डिस्काउण्टको व्यवस्था गरिने छ ।

वयोधा हस्पिटलका डाक्टर कञ्चन योयन्काले आममानिसको जिम वडि बिल्डिङ्को लागि मात्र नभएर शारिरिक र मानसिक रुपमा पनि स्वस्थ रहनको लागि आबश्यक भएकाले फिटनेससँगको सहाकार्य प्रभावकारी हुने बताएका छन् । उनका भने, जस्मिन फिटनेस सेन्टर र वयोदासँग सहकार्य गरेर बढ्दा निरन्तर सहयोगसँगै फिटनेसका मेम्बर र वयोधाबिच हरेक सेवामा डिस्काउण्ट सहित सेवा प्रदान गरने उद्देश्य रहेको बताए ।