कुटपिट गरेको आरोपमा उम्मेदवार राना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष स्थानीय निर्वाचनमा उम्मेदवार दिइएका लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अध्यक्षका उम्मेदवार रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेको आरोपमा नियन्त्रणमा लिएको जानकारी छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकेन्द्र जोशीका अनुसार अध्यक्षका उम्मेदवार राना र घाइते भएका जोशी पक्षबीच गोकुलेश्वर प्रहरी चौकीमा छलफल भइरहेको जानकारी गराएको छ ।

अध्यक्षका उम्मेदवार राना र उनका समर्थकले स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै प्राध्यापकमाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएका छन् । घटनाको बारेमा जानकारी लिन रानालाई नियन्त्रणमा लिएको छ ।