स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको आयोगको भनाई

काठमाडौं । भोली वैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको तयारीका बारेमा जानकारी दिने आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले सो जानकारी दिएका हुन् ।

निर्वाचनलाई भयमुक्त र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आयोगले गत मंगलबार रातिदेखि नै मौन अवधि लागू गरेको थियो । मौन अवधिमा आचारसंहिताको पालनाका लागि नियमित अनुगमन संयन्त्रले काम गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए । मौन अवधिमा भएका आचारसंहिता उलंघनका घटनामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट समेत प्राप्त सूचनालाई आयोगले जानकारीमा लिएको बताए ।