निर्धक्कका साथ भोट हाल्न निर्वाचन आयोगको अनुरोध

काठमाडौँ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा गई मतदान गर्दै छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्धक्कका साथ भोट हाल्न निर्वाचन आयोगले आम मतदातामा अनुरोध गरेको छ ।

मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरिएको छ । निर्धक्क भएर मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदातालाई आग्रह गरेका छन् ।

अजा भएको स्थानीय निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा रहेको आयोगको भनाइ रहेको छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने छ ।

आयोगका प्रवक्ता पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको बताएका छन् ।