मतदानपछि स्थापितले भने, आफू निर्वाचित हुनेमा ढुक्क छु

काठमाडौँ । आज भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर प्रत्याशी केशव स्थापितले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गरेका छन् । स्थापितले आफूलाई नयाँ जिम्मेवारी आउँदै गरेकाले गम्भीर भएको बताएका छन् ।

मतदानपछि प्रतिक्रिया दिँदै एमालेका मेयर उम्मेदवार स्थापितले आफू निर्वाचित हुनेमा ढुक्क रहेको बताए ।स्थापितले मतदानपछि सञ्चारकर्मीहरूसँग बोल्दै आफ्नो जित पक्का भइसकेको र नयाँ जोशका साथ मेयरको जिम्मेवारी लिन आतुर रहेको बताएका छन् ।

उनले आफूमाथि नयाँ जिम्मेवारी आउन लागेको दाबी गर्दै आफू जिम्मेवारी लिन गम्भीर रहेको बताएका थिए ।काठमाडौं महानगरपालिकाका मेयरमा उम्म्दवार दिइएका स्थापितले भने, मलाई नयाँ जिम्मेवारी आउँदैछ । म गम्भीर छु, बेलुकाबाट गणना सुरु हुने बताएका छन् ।