काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको प्रारम्भिक अग्रता

काठमाडौँ । हिजो भएको स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार अपराह्न १२ बजेसम्म १०० मतगणनामा प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको अग्रता देखिएको छ ।

मतगणनाको अतिप्रारम्भिक परिणामअनुसार साहले २२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका तर्फबाट सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छन् , र नेकपा एमालेका केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट सुरु भएको मतगणना जारी छ ।