मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि मतगणना स्थगित

काठमाडौँ । ललितपुर जिल्लाको महाङ्काल गाउँपालिकाको केही मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नै छैन् । मतपत्रमा हस्ताक्षर नभेटिएपछि अहिले मतगणना स्थगित गरिएको छ ।

उम्मेदवार र पार्टीका प्रतिनिधिसँग छलफल भइरहेको निर्वाचन अधिकृत सुशीला ज्ञवालीले जानकारी दिइएका छन् । एक घण्टा पहिले मतपत्रका विषयमा विवाद भएपछि अहिले छलफल जारी रहेको छ । केही समयभित्रै समाधान निक्ले पुनः गणना गरिने उनको भनाइ रहेको छ ।

राति अबेर मतपत्र आएपछि गणना सुरु भएको गाउँपालिकामा ९ हजार १२ मतदाता रहेकामा ७ हजार ६०० ९७७ दशमलव ९६ प्रतिशत मत खसेको थियो । हालसम्म गणना भएको मतका आधारमा अध्यक्षमा नेपाली कांग्रेसका गणेश केसी र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका डोल्मामाया गोलेको अग्रता रहेको जानकारी आएको छ ।