श्रीमतिलाई बन्धक बनाएर कुटपिट गरी पाटेघर निकालेर फ्याँकिदिए

काठमाडौँ । चितवनमा एक युवकले श्रीमतीलाई कुटेर गम्भीर अवस्थामा पुर्याएका छन् । खैरहनी नगरपालिका १० का रामचन्द्र माझीले आफ्नी श्रीमतिलाई कुटपिट गरेर पाटेघर नै निकालिदिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय खैरहनीका अनुसार माझीले बिहीबार राति आफ्नी श्रीमतीतिलाई बन्धक बनाएर नराम्ररी पिटेको र गुप्ताङ्गमा हात हालेर नै पाटेघर निकालिदिएका हुन् ।

घाइते श्रीमतिलाई हाल भरतपुर अस्पतालमा उपचारका लागि ल्याइएको प्रहरीले जानकारी दिएको छ । रामचन्द्रलाई पक्राउ गरि हाल अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनकारी दिएको छ ।