भरूवा बन्दुक सहित दुई पक्राउ

काठमाडौँ । प्युठानमा भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ऐरावती गाउँपालिका १ अमिली बस्ने ४१ वर्षीय निम बहादुर घर्ती र ५० वर्षीय दिल बहादुर सारु रहेका छन् । उनीहरुलाई २ थान भरूवा बन्दुक सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा प्रहरी चौकी दाङवाङ र ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनीहरूको घर तलासी गर्दा १ र १ थान भरुवा बन्दुक आ आफ्नो गोठमा लुकाई राखेको अवस्थामा फेला पारी दुवै जनालाई पक्राउ गरेको प्रहरी कार्यालयले बताएका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।