पल शाहलाई रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौँ । नाबालिकालाई बलात्कार गरेको आरोपमा अभिनेता पल शाहलाई रिहाइको माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

शाहका फ्यानहरुले न्याय निरुपण कायम गर, अदालतमा हुने भ्रष्टाचार अन्य गर, निर्दोषलाई फसाउन पाइँदैन, पुरुष हिंसा बन्द गर, पल शाहलाई न्याय दे, महिलाको अधिकार सुनिश्चित गरु लगायतका नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

उच्च अदालत पोखराले बिहीबार मात्रै शाहलाई रिहा नगर्ने आदेश दिएको थियो । अदालतले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गर्दै रिहा नगर्ने आदेश दिएको हो । एक नाबालिका गायिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका शाह हाल थुनामै रहेका छन् ।