प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मालले आज संसदमा जवाफ दिइने

काठमाडौं । प्रतिनिधिसभामा रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिन आजका लागि समय निर्धारण गरिएको छ ।

हिजोको बैठकमा ती मन्त्रालय र निकायकासमेत जवाफ दिइसकिने समय तोकिएकामा हिजो राति ९.३० बजेसम्म चलेको बैठकपछि सभामुख अग्निप्रसाद सापकोटाले उक्त जानकारी गराएको हो । प्रतिनिधिसभाका बैठक आज दिउँसो १ बजेका लागि तोकिएएको छ ।