मकवानपुरमा २७ वर्षीया महिला बलात्कार

काठमाडौँ । मकवानपुरमा २७ वर्षीया महिला बलात्कार भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा मनहरी गाउँपालिका ६ नयाँबस्ती बस्ने २६ वर्षीय कान्छामान रुम्बालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई जवरजस्ती करणी गरेको अभियोगमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले रुम्बालाई नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालयका अनुसार ती महिलालाई ब्रम्हदेबी सामुदायिक जंगलको कुलोमा लगि रुम्बाले जबरजस्ती करणी गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।