अवैध लागुऔषध सहित भारतीय नागारीक पक्राउ

काठमाडौँ । सिरहामा अवैध लागुऔषध सहित भारत घर भएका २६ वर्षीय धर्मेन्द्र कुमार ठाकुर लगायत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लहान नगरपालिका ७ स्थित लोहार पसलबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ८० ट्याबलेट, स्पास्मो प्रक्सिभन प्लस ४ सय ३२ ट्याबलेट, फेनारगन, डाईजेल्याब, बुप्रिनोर्फिन १ हजार ८ सय १८ एम्पुल, एकसय एमएलको डाईलेक्स डिसि ४ सय ३८ बोतल, नगद ४३ हजार ५ सय रूपैयाँ सहित उनहिरुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा लागूऔषध विक्री गरिरहेको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले पसल तलासी गर्दा लुकाई छिपाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

साथै लागूऔषध ओसार पसारमा प्रयोग भएको ज.१ प ४७५८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । उनीहरुलाई यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।