नेप्से परिसूचकको पहिरो थामिएन, आज पनि उच्च अङ्कले ओरालो

काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको आज दोस्रो दिन नेप्से परिसूचक ४९.३१ अङ्कले ओरालो लागेर १ हजार ८८४.८१ मा आरालो लागेको छ ।

नेप्सेकाअनुसार कूल २ सय ३० कम्पनीका ६१ लाख ८६ हजार ९ सय ४१ कित्ता शेयर १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ मूल्यमा खरिद बिक्री भएको छ । कारोबार भएका कूल १३ उपसमूहकै आज शेयर मूल्यमा गिरावट आएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६६ अङ्कले ओरालो लागेर ३६६.१९ मा ओर्लिएको छ ।

बैंकिङ २१.५६, व्यापार २२.८७, होटल तथा पर्यटन ५२.०३, विकास बैंक १३५.०८, जलविद्युत् ९३.६४, वित्त ४८.१५, निर्जीवन बीमा २३९.२२, उत्पादन ९१.४१, अन्य ४९.९४, लघुवित्त ११०.५३, जीवन बीमा २३४.६२, सामूहिक लगानी कोष ०.२९ र लगानी १.६९ अङ्कले ओरालो लागेको छ । सोमबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ८७ अर्ब २६ करोड २५ लाख ८२ हजार ४ सय ९३ बराबर रहेको छ ।

कारोबारका आधारमा प्रभु बैंकको संस्थापक शेयरको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ११ करोड ८३ लाख २० हजार बराबरको कारोबार गरेको छ । नेपाल दूरसञ्चार कम्पनी रु १० करोड ९२ लाख २६ हजार ७ सय २२, हिमालयन डिस्टिलरी ५ करोड ७३ लाख ५५ हजार ३ सय ९९, एनआइसी एशिया बैंक ४ करोड ३५ लाख ७३ हजार ८ सय ४४ र नबिल बैंक ४ करोड ७ लाख ४४ हजार २ सय ५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएको छ ।

नेप्सेका अनुसार आँधीखोला लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्ेको छ । सिवाइसी नेपाल लघुवित्त ९.९८, ओरियन्टल होटल १.४१, सिद्धार्थ इक्विटी फण्ड ०.४१ र नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्रका लगानीकर्ताले ०.१५ प्रतिशतले कमाउन सफल भएको छ ।

त्यस्तै तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले ओरालो लागेर नकारात्मक सर्किट लाग्यो । कालिका पावर कम्पनी ९.३७, रिभर फल्स पावर ९.२३, कर्णाली डेभलपमेन्ट ८.७९ र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ८.७० प्रतिशतले गुमाएका छ ।