पहिरोले नुवाकोट पुर्वी भेगका बस्ती नै विस्थापित

काठमाडौँ । नुवाकोटमा अविरल वर्षाका कारण विभिन्न स्थानमा क्षति पुगेको छ । बाढी र पहिरोले नुवाकोटको पुर्वी भेगमा रहेको ककनी, लिखु र शिवपुरी गाउँपालिकामा क्षति पुगेको छ ।

पर्यटकीय भेगमा रहेको ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा पहिरोका कारण १० घरधुरी विस्थापित भएको छ । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती घरहरुलाई स्थानान्तरण गर्न लागिएको गाउँपालिकाले जानकारी दिइएको छ ।

स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका पदाधिकारी, स्थानीयवासी, तथा सुरक्षाकर्मी खटिएका छन् । ककनीसँगै जोडिएको शिवपुरी गाउँपालिकामा ७ घरपरिवार उच्च जोखिममा परेको छ । उनीहरुलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको प्रहरीले जानकारी दिइएको छ ।