प्रधानाध्यापक युनुस खाँविरुद्धा भ्रष्टाचारको मुदा

काठमाडौँ । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ८ स्थित श्री शंकर माध्यमिक विद्यालय थपवाका प्रधानाध्यपक मुहम्मद युनुस खाँले सार्वजनिक सम्पत्ति ३ लाख २ हजार १ सय ९७ रुपैयाँ हिनामिना गरेको आयोगको आरोप छ ।

आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार प्रधानाध्यापक युनुस खाँले जिल्ला शिक्षा कार्यालय, बाँकेबाट २०६८ सालदेखि २०७४ सालसम्ममा छात्रवृत्तिको लागि प्राप्त रकममा, कम्प्यूटर खरिद, भवन निर्माण र शौचालय निर्माण कार्यमा तथा विद्यालयको आन्तरिक स्रोत समेतको दुरुपयोग गरी विद्यालयको प्राप्त रकम हिनामिना गरेको ठहर छ ।

खाँले विद्यालयको छात्रवृति वितरण तर्फको रकम र कम्प्युटर खरिदतर्फको रकम ३ लाख २ हजार १ सय ९७ रुपैयाँ हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्टि गरेको छ । सावर्जनिक सम्पित भ्रष्टाचार गरेकाले असुलउपर गरी पाउने समेतको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।