नहरमा युवाको शव फेला

काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिका ७ का ५५ वर्षीय लवदेव जोशी आज स्थानीय नहरमा मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जोशी मृतावस्थामा महाकाली सिँचाइको नहरमा भेटिएको बताएका छन् ।

प्रहरी निरीक्षक बमका अनुसार घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेको छ । जोशीको अहिले महाकाली प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि राखिएको छ । मृतकका आफन्तले दिएको जानकारीअनुसार जोशी सोमबार साँझदेखि घर नफर्किएको बताएका छन् ।