काठमाडौँ । सुडानले आफ्ना नागरिकको हत्याका विरुद्धमा इथियोपियालाई विपक्षी बनाएर संयुक्त राष्ट्रसङ्घमा उजुरी गर्ने भएको छ ।
केही समयअघि इथियोपियामा सात जना सुडानी सैनिकको हत्या भएको विषयलाई लिएर सुडान सरकारले सोमबार सो निर्णय गरेको हो । सुडान सरकारका प्रवक्ताका अनुसार उक्त विषयमा इथियोपियाली राजदूतलाई बोलाएर सुडानले जानकारी दिइसकेको जानकारी दिएको छ।
सुडानले पनि अदिसअबाबाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । लामो समयदेखि नै सुडानले आफ्ना सैनिक र एक सर्वसाधारणको हत्याको छानबीन गरी त्यसमा संलग्नलाई कानुनी कारबाही गर्नुपर्ने माग गर्दै आएको थियो । इथियोपियाले त्यस विषयमा कुनै चासो नदिएपछि सुडानले इथियोपियाविरुद्ध संयुक्त राष्ट्रसङ्घमा नै उजुरी दर्ता गर्न लागेको जानकारी गराएको छ ।
Add Comment