गण्डकी विकास बैंकको विरगञ्जमा शाखा विस्तार

४ मंसिर, पर्सा – गण्डकी विकास बैंकको पर्सा जिल्लास्थित विरगञ्ज शाखाको औपचारिक उद्घाटन भएको छ । विरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले सो शाखाको आइतबार उद्घाटन गरेका हुन् । उक्त अवसरमा नेपाल राष्ट्र वैकका निर्देशक एवं विरगंज शाखा प्रमुख रविन्द्र महर्जनले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै वैंकका नायव प्रमुख कार्यकारी अधिकृत  समिर शेखर वज्राचार्यले वैंकको वित्तीय अवस्था, वैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा जानकारी गराएका थिए ।उक्त शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एविविएस, एटिम, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको छ ।

बैकले निकट भविश्यमा काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटांैडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा  शाखा खोल्ने तयारी भैरहेको जनाएको छ ।