चिनी आयातमा महशुल बढाउने मेलो

काठमाडौं–कृषि मन्त्रालयले आयातित चिनीमा ३५ प्रतिशत ट्याक्स बढाउने विषयमा सरोकारवालासँग छलफल थालेको छ । हाल कायम रहेको आयात महशुल १५ प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याउँन चिनी उद्योग संघको सुझाव अनुसार मन्त्रालयले यसवारे छलफल सुरु गरेको हो ।

कात्तिक ८ गतेको सचिवस्तरिय बैठकले पनि संघको माग जायज रहेको निश्कर्ष निकालेको छ । नेपालमा खपत हुनेमध्ये बार्षिक करिव ५० हजार मेट्रिक टन चिनी भारतबाट आउने गरेको छ ।

महशुल बृद्धिले किसानलाई  हित
चिनीको भन्सार आयात महशुल बृद्धि गर्ने विषयमा कृषि मन्त्रालयका उपसचिव तथा  वरिष्ठ अर्थविज्ञ शिरिष पुन आयात शुल्क बढे नेपाली किसानलाई फाइदा हुने बताउँछन् । स्थानीय उत्पादनलाईनै प्राथमिकता दिन भन्सार आयात महशुल बढाउने विषयमा छलफल थालिएको पुनको भनाई छ ।

उता चिनीको  आयात मुल्य ५० प्रतिशत बढाउने चर्चा भइरहेका बेला छिमेकी मुलुक भारतले चिनीको निर्यात ट्याक्स ६० प्रतिशत पुर्याएको छ । नेपालको उत्पादनले कति धान्छ र बाहिरबाट कति आयात गर्नुपर्छ भन्ने योजना तर्जुमा गर्ने काम भइरहेको उपसचिव पुनले बताए । उनका अनुसार आयात महशुल बढाउने नबढाउने विषयमा अर्थ मन्त्रालय,वाणिज्य मन्त्रालय,उद्योग मन्त्रालय र आपूर्ति मन्त्रालयको छलफलपछि मात्र निाणर््ाय हुनेछ ।