कर्मचारी बोकेको बस दुर्घटनाः १ जनाको मृत्यु, ४० घाइते

काठमाडौँ । अपाङ्ग बाल अस्पताल बनेपा काभ्रेको स्टाफ बोकेको बा १ क ५७४७ नम्बरको गाडी अस्पताल नजिकै दुर्घटना भएको छ । दुर्घटनामा १ जनाको मृत्यु भएकाो छ, भने ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख चक्रराज जोशीका अनुसार दुर्घटनामा अस्पतालका महिला कर्मचारीको मृत्यु भएको बताए । मृत्यु हुनेमा अस्पतालमा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेका छन् । बसमा सवार अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचारका पठाईएको र अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

अस्पतालको बसले मोटरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाग्रस्त बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको प्रहरीले बताइएको छ ।