घट्यो सुनचाँदीको मूल्य, कति होला त आजाको बजार भाऊ ?

काठमाडौँ । आज सुनचाँदी बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सयका कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५ सयमा कारोबार भएको थियो । पहेँलो धातु आज प्रतितोलामा ३ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७ सय रहेको छ । यसको मूल्य हिजो प्रतितोला रु ९७ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २५ ले घटेर १ हजार २ सय १० मा तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।