एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग नेपाल टेलिकमको नेटवर्कमा निःशुल्क चलाउन पाईने

काठमाडौं । तपाई एनआईसी एशिया बैकको सेवाग्राही हुनुहुन्छ र नेपाल टेलिकमको फोन प्रयोग गरिरहनु भएको छ भने तपाईले बैकको मोवाईल बैकिङ्ग सेवा निःशुल्क चलाउन पाउनु हुने भएको छ । एनआईसी एसिया बैक र नेपाल टेलिकमवीच शुक्रकार भएको सम्झौता पश्चात एनआइसी एशिया बैकका सेवाग्राहीहरुले सो सुविधा पाउने भएका हुन् ।

डिजिटल बैंकिङ्गमा अगाडि रहेको एन आईसी एशिया बैकले नविनतम प्रविधिद्वारा बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्ने क्रममा डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking नेपाल टेलिकमका नेटवर्कमा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ ।

यस सुविधा मार्फत यस बैंकका ग्राहक महानुुभावहरूले नेपाल टेलिकमको डाटा प्रयोग गरी NIC ASIA MoBank एप,iServe, Website तथा Internet Banking सुविधाहरू निःशुल्क प्रयोग गर्न सकिने भएको छ । बैंकले यसअघि NCELL को नेटवर्कमा पनि NIC ASIA MoBank एप, Website, iServe तथा Internet Banking जस्ता सुविधाहरू निःशुल्क चलाउन सकिने व्यवस्था गरिसकेको छ ।

एनआईसी एसिया बैकको एप मार्फत अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी, QR भुक्तानी, ई कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा Progress Tracking आदि जस्ता थुप्रै सुविधाहरू सेवाग्राहीले सहज रुपले निःशुल्क लिन सक्नेछन् ।

बैंकले ल्याएको यस नवीन सुविधाले धेरै भन्दा धेरै ग्राहक महानुभावहरूलाई डिजिटल कारोबारमा अभ्यस्त पार्नुका साथै सिंगो देशमा डिजिटल बैंकिङ्गको प्रबद्र्धनमा थप टेवा मिल्ने बैंकले विश्वास लिएको छ ।