काठमाडौंमा हैजा बढ्दै आज थप दिन जनामा हैजा देखियो

काठमाडौं । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकामा हैजा संक्रमण बढ्दै गईरहेको छ । शुक्रबारसम्म १४ जनामा देखिएको हैजा आज थप तीन जनामा देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको पछि हैजा १७ जनामा पुष्टि भएको छ ।
जस मध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।