कारागारमा क्षमताभन्दा बढी कैदी

काठमाडौँ । सुर्खेत जिल्ला कारगारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३ सय ३२ जनालाई राखिएको छ । अहिले कारगारमा पुरुष ३ सय ३२ र महिला ४३ राखिएको जिल्ला कारागारका सूचना अधिकारी नायब सुब्बा भुवन गौतमले जानकारी दिइएका छन् ।

सुचना अधिकारी गौतमका अनुसार पुर्पक्षका लागि थुनामा ६६ पुरुष र ८ महिला छन् । त्यस्तै जबर्जस्ती करणीका १७ र लागुऔषधका १५ जना रहेको सूचना अधिकारी गौतमले बताए । पछिल्लो समयमा बहुविवाह र चोरीका मुद्दा बढ्दै गएका छन् । उनले भने, यो, “अदालतबाट बहुविवाह गरेको कसुरमा जेल सजाय तोकिएका ९ र चोरीका ८ जना  कैदीबन्दी छन् ।

कारागारका प्रमुख लक्ष्मी खरेलले क्षमताभन्दा बढी कैदीबन्दी भएकाले समस्या समाधान गर्न नयाँ भवन बनिरहेको गुनासो गरेका छन् । अब थप क्षमताको तत्काल अर्को भवन निर्माण चालू आवमै सम्पन्न गर्नेगरी भइरहेको छ”, उनले भने । एउटै ठाउँमा कैदी खचाखच हुँदा संक्रमण बढ्ने खतरा भएपनि त्यसको असर देखिएको छैन ।