जुवातास खेलिरहेका प्रकाशराज सहित ८ जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका ६ भृकुटीचोकस्थित नमस्ते होटेलबाट जुवातास खेलिरहेको अवस्थामा प्रकाशराज सहित ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

रामेछाप खाँडादेवी गाउँपालिका ४ घर भएका ४५ वर्षीय प्रकाशराज प्रसाईको होटलमा जुवा खेलीरहेको सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ८० रूपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको प्रहरी कार्यालयले जानकारी दिइएको छ ।