अध्यक्ष ओलीको प्रश्न , सीसीटीभी किन गायब गरियो ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बजेटबारेको सीसीटीभीको फुटेज माग गर्दा सरकारले उपलब्ध गराउन नसक्नु विडम्बना भएको आरोप लगाएका छन् । किन उपलब्ध गराउन सकिएको छैन ? आर्थिक अनुशासनहीनताको यो लज्जाजनक अवस्था हो । छानबिन समिति बनाएर यसबारे छानबिन गरिनुपर्छ । निष्पक्ष समिति बनाएर छानबिन गरेर प्रतिवेदन सदनमा पेश गरिनुपर्छ उनले भने । कस्को आदेशमा फुटेज डिलिट भयो ? किन १३ दिनमा फुटेज डिलिट गरेको भन्ने प्रश्न अध्यक्ष ओलीले गरे ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विशेष समयमा बोल्हुँदै अध्यक्ष ओलीले भने “को हो एमाले भनेर प्रश्न गर्ने ? यसको सही सत्यतथ्य जवाफ दिइनुपर्छ” अध्यक्ष ओलीले थपे , “संसदीय व्यवस्थामा को हो प्रतिपक्षी दल भनेर सोध्ने ?, तपाईहरुलाई त्यो पनि जानकारी छैन ? सीसीटिभीको फुटेज डिलिट गर्न पाइन्छ ? उनले जिज्ञासा गरे । आफूमाथि लागेको आरोप प्रष्ट पार्ने मन्त्रीको कर्तव्य हुन्छ उनले भने ।

प्रधानमन्त्री देउवा गठबन्धन दलको अगाडि लाचार भएको उनले टिप्पणी समेत गरे । गठबन्धन जोगाउन जे पनि गर्न पाइँदैन अध्यक्ष ओलीले थप्दै भने यो, “बिचौलिया मान्छे राखेर देशको बजेट बनाउने विषय तमासा नभएर के हो त यो ?, त्यसको छानबिन गर्न उनले माग समेत गरेका छन् । मन्त्री पदमा रहँदा जे पनि गर्न छुट नरहेको उनले बताए । मन्त्री र सरकार जनताप्रति जवाफदेही हुनैपर्ने अध्यक्ष ओलीको भनाइ छ ।