रिच — कुनै समय विश्व फुटवलका चर्चित दुई शक्तिशाली व्यक्ति सेप ब्लाट र मिचेल प्लाटनीलाई लागेको भ्रष्टाचार आरोपबाट स्विट्जरल्याण्डको अदालतले सफाई दिएको छ ।
स्विट्जरल्यान्डको अदालतले भ्रष्टाचारबाट सफाई दिएका दुई खेलाडी अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का पूर्वअध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ (यूईएफए) का पूर्वअध्यक्ष मिचेल प्लाटनीलाई शुक्रबार सफाइ दिएको हो ।
यी दुवै व्यक्तिले आफूमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका थिए । बेजिन्जोनाको संघीय अदालतले उनीहरूको पक्षमा निर्णय सुनाएको हो । ब्लाटरमाथि प्लाटिनीले अवैध ढंगले ठूलो रकम उपलब्ध गराएको आरोप लागेको थियो । यतिखेर सो आरोपलाई अदालते गलत सावित गरिदिएको छ ।
Add Comment