एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमा वापत ३० लाख बीमा

काठमाडौं । एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहकलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले ३० लाख बीमा रकम भुक्तानी गरेको छ । घातक रोगको बीमा प्राप्त गर्नेहरुमा बैंकको ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्वयम्भु शाखामा हरिन्द्र शाह तेली, जाजरकोटका प्रचण्ड जंग शाह र थली शाखाका सञ्जित तामाङज्यू रहेका छन् ।

घातक रोगको बीमा भुक्तानी प्राप्त गर्ने तीनै जना सेवा ग्राहीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । घातक रोगको बीमा एनआईसी एसिया बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा रकम भुक्तानी गरेको हो ।

बैकले हालसम्म घातक रोग बीमा वापत रू. २ करोड ४० लाख उपलब्ध गराईसकेको जनाएको छ ।