आमसञ्चार विधेयक प्रेसमैत्री हुनेछ : मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा आउन लागेको आमसञ्चार विधेयक प्रेसमैत्री बन्ने बताइएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा समसामयिक राजनीति, युनियनको महाधिवेशनलगायत विषयमा आयोजित छलफल एवं अन्तक्र्रियामा उनले यो वा त्यो बहानामा प्रेसमाथि नियन्त्रण गर्न नहुने भन्दै त्यसबारे आफूले निर्देशन दिएको बताइए ।

लोकतन्त्रका लागि लडेका सञ्चारमाध्यममाथि अङ्कुश लगाउने गरी आमसञ्चार विधेयक नआउने विश्वास व्यक्त गर्दै उनले आमसञ्चार विधेयक संसद्मा छलफलका क्रममा रहेकाले पत्रकारको सल्लाह सुझावअनुसार नै प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन् ।

रजिष्ट्रारको विषयमा मात्रै कुरा नमिलेको र कुन श्रेणीमा राख्ने भन्नेमा मात्रै अलमिलएको उल्लेख गर्दै उहाँले यसले छिट्टै निकास दिने उल्लेख गरे । गण्डकी प्रदेश सरकारले सीमित स्रोतसाधनका बीच पनि लोककल्याणकारी काम गरेको दाबी गर्दै उनले गठबन्धनको सरकार भएका कारण पार्टीले सोचेअनुरुप काम नभए पनि तुलनात्मक सन्तोषजनक भएको धारणा राखेका छन् । नीति तथा योजना आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले आर्थिक वृद्धिदर ८ प्रतिशतसम्म पुग्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रचार विभाग प्रमुख रमेश पौडेल, उपप्रमुख शिरोमणि बराल, कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल, युनियनका सल्लाहकार गङ्गाधर पराजुली, राजबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घकी पूर्व उपाध्यक्ष अनिता बिन्दु, युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेललगायतको सहभागीता रहेका थिए ।