चोरी पैठारीको ६ करोडको सामान बरामद

काठमाडौँ । बाँकेमा एक वर्षको अवधिमा झण्डै ६ करोड बराबरका चोरी पैठारीको सामान बरामद गरेको छ । विभिन्न नाकाबाट भन्सार छली गरेर ल्याइएको सो रकम बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

आर्थिक वर्ष २०७८ र ७९ मा जिल्ला प्रहरी कार्यालयले ५ करोड ९० लाख ५४ हजार बराबरका सामान बरामद गरेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकरी दिइएका छन् ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ५० लाखको अवैध मालसामान बरामद गरिएको थियो । चोरी पैठारी गर्ने ५३ जना पक्राउसमेत परेको प्रहरीले जानकारी दिइएको छ । “खुल्ला सीमा क्षेत्र धेरै भएकाले चोरी पैठारीको समस्या बढी देखिएको छ, त्यसैले पनि प्रहरीले त्यस्ता ठाउँमा निगरानी बढाएको छ”, प्रहरी उपरीक्षक अधिकारीले भने । चालु विभिन्न मुद्दामा पक्राउ पर्ने प्रतिवादीको सङ्ख्या पनि अघिल्लो वर्षभन्दा झण्डै दोब्बर छ ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागुऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने सङ्ख्या केही घटेको छ । आर्थिक वर्ष २०७७ र ७८ मा १ सय २६ मुद्दा दर्ता भएकामा गत वर्ष १ सय १२ मुद्दा दर्ता भएको प्रहरीले जानकारी दिइएको छ ।