फेरी बढ्यो सुनको मूल्य

काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला १ हजारले बढेर ९४ हजारमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजारमा कारोबार भएका थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सयमा कारोबार भएको छ । उक्त सुनको मूल्य बिहिबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहिबार भएबो  कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर १ हजार १ सय ६५ मा कारोबार भएको छ ।  ।