सुनको मूल्य बढ्यो

काठमाडौँ । आजा सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सयमा तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९६ हजार १ सयमा कारोबार भएको थियो । पहेँलो धातु आज प्रतितोला रु ७ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सयमा कारोबार भएकाो छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९५ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य बिहिबारको कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर १ हजार २ सय २० मा तोकिएको महासङ्घले जनाएको छ ।