धनकुटामा पहिरोले दुई घर बगायो, दुई जोखिममा

काठमाडौँ । अविरल वर्षाका कारण पहिरोले पुर्दा धनकुटाको महालक्ष्मी नगरपालिका २ मा दुइ घर पुर्दा दुईजना घाइते भएका छन् ।

  शुक्रबार बिहान पहिरोले महालक्ष्मी २ को लाफ्टाङमा दुई घर पुरेको हो । घर परिँदा दुईजना घाइते भएको प्रहरीले जानकारी दिइएको छ । पहिरोले स्थानीय तिलकबहादुर कटुवाल र कोषमाया बुढाथोकीको घर भत्किएको प्रहरीले जानकारी दिइएको हो ।  

पहिरोले कटुवालको घर पुर्दा घर पुर्दा ८४ वर्षीय कटुवाल र ४५ वर्षकी मित्रमाया कटुवाल दुवैजनाको दुवै हात भाचिएको जिल्ला प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले बताएका छन् । उनीहरु दुबैलाई उपचारका लागि सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायले जानकारी दिइएका हुन् ।

त्यस्तै अन्य दुई घरसमेत पहिरोमा जोखिममा परेको छन् । पहिरोले बगाएको तथा जोखिममा परेका चारै परिवारलाई तत्काल छिमेकीको घरमा सारीएको रायाले बताए । पहिरोले पुर्दा बुढाथोकीको घर, घरभित्रको सामान, अन्नपात, सुनचाँदी, नगद गरी अन्दाजी ४० लाख र कटुवालको घर, घर भित्रको सामान, सुनचादीँ गरी ३० लाख बराबरको क्षति भएको प्रहरीले जानकारी गराएको छ ।