एनआईसी एशिया बैकले माग्यो विभिन्न पदका लागि कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैकले बैकका लागि आवश्यक विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैकले आफ्नो योग्यता अनुसारको अवसरको खोजीमा रहेका नेपाली नागरिकहरुलाई बैंकले प्रगतिको सपना बोकेर अगाडि बढ्न सक्ने योग्य व्यक्तिहरुको खोजीका लागि दरखास्त आह्वान गरेको र बैकमा रोजगारीका लागि आवेदन भर्नका लागि अनुरोध समेत गरेको छ ।

सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ ।

बैकका अनुसार एनआईसी एशिया बैकमा रिक्त रहेको पदमा रोजगारीका लागि भाद्र १ गतेसमम आवेदन दिन सक्ने व्यवस्था गरको छ । आवेदन सहजताका लागि बैकको वेवसाईट र क्वीआर स्क्यान गरी आवेदन पेश गर्न सहज समेत गरेको छ ।