ट्रक पल्टिँदा चालकको मृत्यु

काठमाडौँ । ट्रक पल्टिच्दा चालाकको मृत्यु भएको छ । मृत्यु हुर्नेमा गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगा रहेका छन् । गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा उनको ज्यान गएको छ ।

आज विहान ट्रक बाटोबाट करिब दुई सय मिटर तल खसी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिइएका हुन् ।